२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा बस्तीस्तरबाट योजना संकलन शुरु

२०७९ अषाढ ४, शनिबार प्रकाशित ( साल अघि) ६१२ पाठक संख्या

मोहन पौडेल
परासी, ४ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका आगामी आर्थिक वर्ष ०७९र८० को बजेट,नीति तथा कार्यक्रम निर्माणको तयारीमा जुटेको छ । गाउँपालिकाले आगामी वर्षका लागि आजदेखि समुदायस्तरबाट योजना छनोटको कार्य शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा वडाका जनप्रतिनिधि अहिले वडावडामा आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलनमा व्यस्त हुनुभएको छ ।

286712616_1055394405183800_2155306381994815745_n

 

छ वटा वडा रहेको पाल्हीनन्दन गाउँपालिकामा जनताकै मागमा आधारित योजना तुर्जमाका लागि आजदेखि वडा स्तरबाट योजना संकलन गर्न शुरु गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । आज वडा नं. १ र २ मा छुट्टाछुट्टै भेलाको आयोजना गरी योजना संकलन गरिएको उहाँले बताउनुभयो ।
‘बस्ती स्तरबाट आएका मागलाई नै गाउँपालिकाले प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँछ ’ उहाँले भन्नुभयो । ‘हामीले शिक्षा ,स्वास्थ्य,पर्यटन र सडक मुख्य प्राथमिकतामा राखेका छौ’ अध्यक्ष गुप्ताले भन्नुभयो । बस्ती भेलामा सहभागीहरुले जनप्रतिनिधिसँग विभिन्न गुनासा र समस्या रोखेका थिए ।

288937621_402290288609366_8047540012237469757_n

 

विशेषगरी शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयलाई प्राथमिकता दिन स्थानीयवासीले जोड दिएका छन् । भोली आईतबार वडा नं.३,४ र ५ तथा पर्सी सोमबार वडा नं. ६ मा वस्तीस्तरबाट योजना छनौटको कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस