२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जिसस चुनावमा अन्तरघात गरेको आरोप पुष्टि गर्न काङ्ग्रेस नेता कण्डेल र कलवारको चुनौती

२०७९ अषाढ ३, शुक्रबार प्रकाशित ( साल अघि) १७११ पाठक संख्या

मोहन पौडेल
परासी, ३ असार । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल र महासमिति सदस्य देवकरण कलवार(सन्तु)ले आफूहरुमाथि लगाईएको अन्तरघातको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ ।
जिल्ला समन्वय समिति(जिसस) नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को निर्वाचनमा नेता कण्डेल र कलवारको निर्देशनमा अन्तरघात गरी पार्टीका उम्मेदवारलाई हराएको भन्दै पार्टीको जिल्ला अनुसशासन समितिमा उजुरी परेपछि नेताद्धयले आज एक विज्ञप्ति जारी गरी उक्त आरोपको प्रमाण पेश गर्न चुनौती दिनुभएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका कण्डेल र संविधानसभा सदस्यसमेत रहनुभएका महासमिति सदस्य एवं कलवारद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाम्रो निर्देशनमा मत बदर भएको भन्ने कुरा शत प्रतिशत कपोलकल्पित र भ्रामक रहेको हुँदा उक्त गलत आरोपलाई प्रमाणसहित पुष्टि गर्न उजुरीकर्तालाई ठाडो चुनौती दिन चाहन्छौँ र यसरी हाम्रो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहिन कुरालाई सुनियोजित रुपमा लगाईएको आरोपप्रति घोर आपत्ति र भत्र्सना गर्दछौँ”
जिसस निर्वाचनमा गठबन्धन गर्ने विषयमा जिल्ला कार्य समितिले आफूहरुसँग कुनै जानकारी वा परामर्श नगरी आफूहरुले जानकारी लिन खोज्दासमेत गोप्य राखिएको नेताद्धयले दाबी गर्नुभएको छ। पाल्हीनन्दनको कार्यपालिका निर्वाचनमा माओवादीसँग गठबन्धन भएपनि अन्तिममा माओवादीले धोका दिएको भन्दै जिसस निर्वाचनमा पनि कांग्रेसको ६ मत नै आएको तर माओवादीबाट धोका भएको हुन सक्ने आशंका रहेको विज्ञप्ति उल्लेख गरिएको छ ।

288106138_331883512295752_7196915855439388148_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस