२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अप्टिमिष्ट क्लव अफ नवलपरासीको अधिवेशन, शर्माको नेतृत्वमा नयाँ समिति चयन

२०७९ अषाढ २, बिहिबार प्रकाशित ( साल अघि) १२०० पाठक संख्या

परासी, २ असार । सकरात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व वहन गर्न प्रेरित गर्ने उद्देश्यसहित स्थापना भएको युवा केन्द्रीत अन्र्तराष्ट्रिय संस्था अप्टिमिष्ट ईण्टरनेशनल नेपाल अन्र्तगतको अप्टिमिष्ट क्लब अफ नवलपरासीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आज परासीमा भएको अधिवेशनले दीपेश शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
क्लवको नवगठित कार्यसमितिको ईलेक्ट प्रेसिडेन्ट सुरज कुमार यादव, उपाध्यक्षमा मनिष गुप्ता र हेमन्त चौधरी,सचिवमा रामप्रसाद पौडेल,कोषाध्यक्षमा मंगेस सहानी निर्वाचित हुनुभएको छ ।
यसैगरी बोर्ड अफ डाईरेक्टरमा आशिष चौधरी, रञ्जित चौधरी, सम्राट बस्याल, सुरज गुप्ता, धर्मराज चौधरी, मोहम्मद यहिया खान, उत्तम कुमार शर्मा, विष्णुराज राव र पुरुषोत्तम शर्मा निर्वाचित हुनुभएको छ ।
अप्टिमिष्ट ईण्टरनेशनल नेपालका डेपुटी गर्भनर एवं अप्टिमिष्ट क्लव अफ नवलपरासीका संस्थापक अध्यक्ष श्याम कुमार बस्यालको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । नवगठित क्लवको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले क्लवले गर्ने कुनै पनि कार्यक्रममा खादा, अविर तथा अन्य फजुल खर्च निषेध गरी त्यसबापत बचत भएको रकमबाट विपन्नलाई सहयोग गर्ने निर्णय गरेको क्लवका अध्यक्ष शर्माले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%२%

प्रतिक्रिया दिनुहोस