२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

काङ्ग्रेस केन्द्रीय सदस्य कण्डेल र महासमिति सदस्य कलवारमाथि अन्तरघातको आरोप

२०७९ अषाढ २, बिहिबार प्रकाशित ( साल अघि) २२९२ पाठक संख्या

मोहन पौडेल
परासी, २ असार । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलमाथि अन्तरघातको आरोप लागेको छ । जिल्ला समन्वय समिति(जिसस) नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को निर्वाचनमा कण्डेलको निर्देशनमा अन्तरघात गरी पार्टीका उम्मेदवारलाई हराएको भन्दै उहाँमाथि कारवाहीको माग गर्दै उजुरी परेको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका कण्डेलसहित महासमिति सदस्य एवं संविधानसभा सदस्य देवकरण कलवार (सन्तु)को निर्देशनमा अन्तरघात भएको भन्दै नेपाली काङ्ग्रेस जिल्ला अनुशासन समितिमा उजुरी परेको अनुशासन समितिका संयोजक विक्रम यादवले जानकारी दिनुभयो ।
सात स्थानीय तह रहेको यस जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि काङ्ग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पु¥याएपनि काङ्ग्रेसबाट जिसस प्रमुख पदका उम्मेदवार रहनुभएका बालिन्द्र विक्रम शाही पराजित हुनुभएको थियो । पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो ।
चुनावमा एमालेका जिसस प्रमुख पदका उम्मेदवार भगौती यादव(रुदल) सात मत ल्याएर विजयी हुनुभएको थियो भने पराजित शाहीको छ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । पार्टीभित्रबाटै अन्तरघात भएका कारण हार ब्यहोर्नु परेकोले छानविन गरी कारवाही गर्न उजुरी दिएको शाहीले बताउनुभयो ।
अनुशासन समितिका जिल्ला संयोजक एंव पार्टी जिल्ला उपसभापति विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा भनिएको छ, “गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले नेता कण्डेल र कलवारको निर्देशनमा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित गरिएको छ”
नेता कण्डेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उम्मेदवारलाई भोट दिन लगाएकोले छानविनसहित कारबाही गर्न माग गरिएको हो । जिल्लामा काङ्ग्रेसका दुई गुटका कारण पटकपटक विवाद हुँदै आएको छ । केन्द्रीय सदस्य कण्डेलको एउटा र लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनालनको अर्काे गुट छ । जिससको प्रमुख पदमा खनाल गुटका उम्मेदवार भएकोले कण्डेल गुटले हराउन चलखेल गरेको दाबी गरिएको छ ।

Congress Ujuri

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%४%३%

प्रतिक्रिया दिनुहोस