२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा रामग्राम नगरपालिकाका नवनिर्वाचित प्रमुख/उपप्रमुखलाई बधाई ज्ञापन

२०७९ अषाढ १, बुधबार प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

परासी, १ असार । रामग्राम जेसीज परासीले रामग्राम नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । कार्यक्रममा नगर प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरीलाई सम्मान गरिएको हो ।
प्रमुख यादव रामग्राम जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ भने उपप्रमुख चौधरी रामग्राम महिला जेसीजकी संस्थापक कार्यकारीणी उपाध्यक्ष हुनुहुन्छ । रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख यादवले युवाहरुको संस्था जेसीजले समाज रुपान्तरणमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यानरमा मात्र नभई समाज विकासका लागि ठोस योजना ल्याउन र त्यसमा नगरपालिका हातेमालो गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।

287075991_438123804427379_7699921914295584564_n (2)

 

उक्त अवसरमा उपप्रमुख चौधरी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रामग्राम जेसीजका महासचिव वेनीमाधव बस्यालको सञ्चालन र उपाध्यक्ष एवं कार्यक्रम संयोजक हेमन्त चौधरीको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस