२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमै मृगौलाको डायलाईसिस सेवा केन्द्र स्थापना गर्दैछौँ – नगर प्रमुख अर्याल

२०७९ जेष्ठ ३१, मंगलबार प्रकाशित ( साल अघि) १३८८ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको सुनवलमा मृगौलाको डायलाईसिस सेवा केन्द्र स्थापना गरिने भएको छ । सुनवल नगरपालिकाले बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालसँग सहकार्य गरी सुनवलमै मृगौलाको डायलाइसिस सेवा संचालन गर्न लागेको हो ।
मुटु अस्पतालसँग समन्वय गरी सुनवलमै डायलाईसिस सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट समेत यसबारे निर्णय गरिएको उहाँले बताउनुभयो ।
यहाँका मृगौला पीडित बिरामी नियमित डायलाइसिस गर्न बुटवल जाने गरेका छन् । उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने नगर प्रमुख अर्यालको भनाई छ ।
मृगौला डायलाईसिस सेन्टरबाट एक जना एमविविएस डाक्टरसहित स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिएको छ । नगरपालिकासँग ल्याब परीक्षण गर्नृे मेसिन र एक्सरे मेसिनपनि रहेकोले ती मेसिनको समेत प्रयोग हुने गरी अन्य स्वास्थ्य सुविधा दिने तयारी गरिएको उहाँले बताउनुभयो ।
सुनवलबाट ३० जना विरामी नियमित रुपमा मृगौलाको डायलाईसिसको लागि बुटवल जाने गरेको सुनवल नगरपालिकाले जनाएको छ । नगर भित्रै डायलाइसिस सेवा संचालनमा आए समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%८%१%२%१%

प्रतिक्रिया दिनुहोस