२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विकास र सुशासनलाई प्रभावकारी बनाउने नवनिर्वाचित जिसस प्रमुख यादवको पहिलो निर्णय

२०७९ जेष्ठ ३१, मंगलबार प्रकाशित ( साल अघि) १७९४ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका नवनिर्वाचित प्रमुख भगौती यादव(रुदल)ले पदभार ग्रहण गर्नुभएको छ । जिसस प्रमुखमा निर्वाचित भएलगत्तै आजै सपथग्रहण गर्नुभएका यादवले आजै पदभार पनि ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित जिसस प्रमुख यादवले जिल्लाको विकास र सुशासनलाई थप प्रभावकारी बनाउने निर्णय गर्नुभएको छ । जिल्ला समन्वय समितिको मूख्य काम नै जिल्ला भित्रको विकास र सुशासनको अनुगमन र समन्वय गर्ने तथा पृष्ठपोषण गरी आईपरेका समस्याको समाधान गर्ने प्रमुख जिम्मेवारी रहेकोले विकास र सुशासन प्रभावकारी बनाउने नै आफ्नो प्रमुख प्राथमिकता रहने उहाँले बताउनुभयो ।
जिल्ला भित्र समस्या समाधान हुन नसकेका विषयहरुको अवस्था जानकारी लिई समाधानका लागि सहजीकरण गर्ने निर्णय पनि भएको छ । प्रमुख यादवले आफ्नो कार्यकालमा सबैसँग समन्वय र छलफल गरेरै अघि बढ्ने बताउनुभयो ।
विगतमा भएका निर्णयहरुको कार्यान्वयन, जिल्लाको विकास निर्माण सम्बन्धी कार्यहरुको जानकारी लिने,बजेटको अवस्था लगायत अध्ययन गरी अघि बढ्ने र यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१३%१%१%१%१%

प्रतिक्रिया दिनुहोस