२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासी जिसस प्रमुखमा गठबन्धनलाई पराजित गर्दै एमालेका यादव विजयी

२०७९ जेष्ठ ३१, मंगलबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जिसस गठनका लागि आज भएको निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अल्पमतमा रहेको एमालेले प्रमुखमा विजयी हासिल गर्न सफल भएको हो ।
जिसस प्रमुखमा एमालेका उम्मेदवार भगौती यादव(रुदल) सात मत ल्याएर विजयी हुनुभएको मूख्य निर्वाचन अधिकृतको कार्यालय परासीका सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्धन्द्धी सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीको छ मत आएको छ ।
जिसस निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र तथा एमाले र राप्रपाले गठबन्धन गरेका थिए । कूल १४ मत मध्ये एक मत बदर भएको थियो । जिल्लाका सात स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचनमा नेकपा एमालेका पाँच, नेपाली काङ्ग्रेसका छ, माओवादी केन्द्रका दुई र राप्रपाको एक मत रहेको थियो ।
उपप्रमुखमा माओवादी केन्द्रका रामदयाल तेली विजयी हुनुभएको छ । तेलीले सात मत ल्याउँदा उहाँका निकटम प्रतिद्धन्द्धी एमालेकी कुन्ती कुमारी चौधरीले छ मत ल्याउनुभएको थियो ।
महिला सदस्यतर्फ नेपाली काङग्रेसका शारदा परियार, ईन्दिरा सार्की र राप्रपाकी शोभा चौधरी विजयी हुनुभएको छ भने दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ माओवादी केन्द्रकी लवाङदी देवी हरिजन विजयी हुनुभएको छ । खुल्ला सदस्यतर्फ काङ्ग्रेसका धनीराम चौधरी, यमबहादुर दर्लामी मगर र राप्रपाका मकबुल मिया विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

20220614_145009

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%

प्रतिक्रिया दिनुहोस