२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासीमा प्रथम वेयरफुट फिमेल अवारनेस एण्ड सेल्फ डिफेन्स क्याम्पियन– २०२२ शुरु

२०७९ जेष्ठ २९, आईतबार प्रकाशित ( साल अघि) २०२९ पाठक संख्या

परासी, २९ जेठ । पश्चिम नवलपरासीमा प्रथम वेयरफुट फिमेल अवारनेस एण्ड सेल्फ डिफेन्स क्याम्पियन २०२२ शुरु भएको छ । अभियानको आज परासीमा एक समारोहकाबीच शुरुवात गरिएको हो ।
वेयरफुट मार्सल आर्ट एकेडेमी परासीको आयोजनामा सञ्चालन गरिएको यो अभियान रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका विभिन्न विद्यालयमा सञ्चालन हुनेछ । आजदेखि शुरु भएको यो अभियान आगामी जुन १९ सम्म सञ्चालन हुनेछ ।
अन्र्तराष्ट्रिय संस्था एट्लेन्टीक प्यासिफिक टंसुडु फेडेरेसन अन्र्तगतको नेपालको एकमात्र तालिम केन्द्र वेयरफुट मार्सल आर्ट एकेडेमीले छात्राहरुलाइ आत्म रक्षा गर्न प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वेयरफुट मार्सल आर्टका अध्यक्ष मनिष गुप्ताले जानकारी दिनुभयो ।

286756490_737786624028162_2583465978626103837_n

 

यस क्षेत्रका करिब १२ विद्यालयमा सञ्चालन हुने यस अभियानमार्फत तीन हजार बढी छात्राहरु प्रत्यक्ष लाभावन्ति हुने आयोजकले जनाएको छ । अभियानको क्रममा एट्लेन्टीक प्यासिफिक टंसुडु फेडेरेसनका प्रशिक्षक टोनी मिसिटाले प्रशिक्षण दिनुहुनेछ । तालिम निःशुल्क रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको छ । यस संस्थाले काठमाडौँमा पनि शारीरिक अपांगता भएका व्यक्तिलाई निःशुल्क तालिम प्रदान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%९%१%

प्रतिक्रिया दिनुहोस