२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका मुस्लिम समुदायमा खुशहाल परिवार कार्यक्रम

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित ( साल अघि) ७१९ पाठक संख्या

परासी, २८ जेठ । परिवार योजना सेवाको प्रयोगदर कम रहेको मुस्लिम समुदायमा खुशहाल परिवार कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम अन्र्तगत जिल्लास्तरका सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम आज परासीमा सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले मुस्लिम धार्मिक अगुवा र सरोकारवालाबीच व्यवस्थित र खुशी परिवार बनाउने उद्देश्यले खुसहाल स्वास्थ्य परिवार सम्बन्धी अभिमुखीकरण गरेका हो ।
मुस्लिम समुदायमा धार्र्मिक परम्पराको कारण देखाउँदै परिवार नियोजनका साधनको प्रयोग कम हुने भएकोले धार्मिक अन्धविश्वासलाई चिर्दै परिवार योजना सेवामा पहुँच बढाउन उक्त कार्यक्रम गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो ।
ईस्लाम धर्मका गुरु नियाज अहमद मुसलमानले फेमिली प्लानिङ्ग भन्दा मुस्लिम समुदायमा नकारात्मक सोच विकास हुने भएकोले परिवार नियोजन भनेको परिवार योजना हो, नियोजन होइन् भनेर सचेतना जगाउन जरुरी रहेको बताउनुभयो ।
परिवार योजना भनेको जन्मान्तर (बच्चा कहिले जन्माउने) गर्भवस्था र स्वास्थ्य जाँच, बच्चा र आमाको स्वास्थ्य सुरक्षा, सरकारी सेवा सुविधा, किशोर किशोरीमा शिक्षा दिएर मुस्लिम समुदायमा परिवर्तन ल्याउन सकिने उहाँको भनाई थियो ।
परिवार योजनाको बारेमा मुस्लिम समुदायलाई बुझाउनु र कतिपय मुस्लिम समुदाय परिवार नियोजनको भ्रम चिर्न जरुरी रहेको उहाँले बताउनुभयो । कपिलवस्तुबाट शुरु भएको यो अभियान अहिले लुम्बिनी प्रदेशका चार जिल्ला कपिलवस्तु, नवलपरासी, रुपन्देही र बाँकेमा लागू भएको उहाँले बताउनुभयो ।
मेरि स्टोप्स् लुम्बिनीका प्रमुख मनिराम पाण्डेले खुसहाल स्वास्थ्य कार्यक्रमबाट मुस्मिल समुदायमा धेरै परिवर्तनहरु ल्याउन सकिने बताउनुभयो । उहाँले खुसहाल स्वास्थ्य परिवार कार्यक्रमबाट व्यवस्थित परिवार भई स्वास्थ्य र विकासको आधार तयार हुने भएकाले मुस्लिम समुदायमा चेतना दिन थालिएको बताउनुभयो।
पश्चिम नवलपरसीमा खुसहाल स्वास्थ्य परिवार कार्यक्रमलाई सघन रुपमा संचालन गरेर खुशी परिवार बनाउने तर्फ मुस्लिम समुदायका अगुवा तथा सरोकारवालासंग सहकार्य गरेर कार्यक्रम अघि बढाईएको स्वास्थ्य कार्यालयका लेखा अधिकृत नारायण भट्राईले बताउननुभयो । जिल्ला स्तरको अभिमुखिकरणपछि अव जिल्लामा मुस्लिम समुदायको बाहुल्य रहेको क्षेत्रमाा अभिमुखिकरण गरिने उहाँले जानकारी दिनुभयोा ।
राष्ट्रिय ओल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेनले यस किसिमको कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्नुपर्ने बताउँदै त्यसका लागि आफूहरुको तर्फबाट सबै किसिमको सहयोग हुने बताउनुभयो । पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदाले मुस्लिम समुदायमा परिवार योजनाको माध्यमबाट व्यवस्थित परिवार बनाउन सचेतना आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस