२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीमा निजी क्षेत्रबाट जिल्लामै पहिलो थाईराईड ल्याब सञ्चालन

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित ( साल अघि) ९१७ पाठक संख्या

परासी, २७ जेठ । पश्चिम नवलपरासीमा निजी क्षेत्रबाट पहिलो पटक थाईराईड ल्याब सञ्चालनमा आएको छ । थाईराईड परीक्षणका लागि बुटवल, भैरहवा वा भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै परासीस्थित सफल डाईग्नोष्टिक सेन्टर प्रालिले पहिलो पटक अत्याधुनिक र सुविधासम्पन्न प्रयोगशाला थाईराईड परीक्षणका लागि ल्याब सञ्चालनमा ल्याएको हो ।

286360401_700725584360859_8496083941217659081_n

थाईराईड मेसिनको आज बिहान एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । प्रदेशसभा सदस्य जयसवालले अव थाईराईडका बिरामीलाई सेवामा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवालाई निरन्तर र सहुलियत शुल्कमा प्रदान गर्न जोड दिनुभयो ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले निजी क्षेत्रबाट जिल्लामै पहिलो पटक थाईराईडको प्रयोगशाला सञ्चालनमा ल्याएकोमा सफल डाईग्नोष्टिक सेन्टरलाई धन्यवाद दिँदै जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले जिल्लाको पृथ्वीचन्द्र अस्पतालमै सुविधा सम्पन्न प्रयोगशाला र विशेषज्ञबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपर्ने र त्यसमा प्रदेश तथा संघीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

285241967_784445852551309_292789938376864786_n

 

उक्त अवसरमा नगर उपप्रमुख सम्झना चौधरी, पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । ल्याब शुभारम्भको अवसरमा थाईराईड परीक्षणमा केही छुटको व्यवस्था गरिएको सेन्टरका सञ्चालक बलिराम कोईरीले बताउनुभयो । परीक्षणको रिर्पाेट पनि एक घण्टामै उपलब्ध गराउने उहाँले बताउनुभयो । सफल डाईग्नोष्टिक सेन्टर प्रालि लुम्बिनी प्रदेश सरकारबाट मान्यता प्राप्त भएको जिल्लाकै पहिलो र एकमात्र स्वास्थ्य संस्था हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१०%१%

प्रतिक्रिया दिनुहोस