२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राममा महिला सामुदायिक स्वास्थ्यस्वयम्सेविकालाई दश दिने आधारभूत तालिम सम्पन्न

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित ( साल अघि) ५१७ पाठक संख्या

परासी, २५ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सञ्चालित महिला सामुदायिक स्वास्थ्यस्वयमसेविकाहरुको लागि दश दिने आधारभूत तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय परासीको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
तालिमको आज एक कार्यक्रम गरी समापन गरिएको हो । समापन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले महिला स्वास्थ्यस्वयम्सेविकाहरुको कार्यको उच्च मुल्यांकन गदैै नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो ।
महिला स्वास्थ्य स्वयम्सेविकाले गर्दै आएको योगदान अनुसार सेवा सुविधा नभएको गुनासो आउने गरेको बताउँदै उहाँले आफूहरु भर्खरै निर्वाचित भएर आएकोले आगामी बजेट नीति तथा कार्यक्रममा सक्दो प्रोत्साहन कार्यक्रम ल्याउने उपमेयर चौधरीले बताउनुभयो ।
जुनसुकै अवस्थामा पनि र निःस्वार्थ रुपमा घरघरमा स्वास्थ्य सेवा पुर्याउने स्वयम्सेविकाहरुलाई हौसलाको खाँचो रहेको बताउँदै उहाँले सेवा भावले समुदायमा योगदान गर्न आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका लेखा अधिकृत नारायण भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यालयका फोकल पर्सन देवीलाल पौडेल, रामग्राम नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक अनिल खड्का, रेडियो दाउन्नेका स्टेशन म्यानेजर मोहन पौडेल, स्वयम्सेविका माया कुमारी हरिजन लगायतले बोल्नुभएको तालिमका सहजकर्ता बलराम सापकोटाले बताउनुभयो ।
तालिममा सुरक्षित प्रसुति सेवा,बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने, पोषण खाना लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
तालिममा रामग्राम नगरपालिकाका २० जना र सुनवल नगरपालिकाका २ गरी २२ जनाको सहभागिता रहेको थियो भने तालिममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश राय, सहसंयोजक अनिल खड्का,शुक्रौली स्वास्थ्य संस्थाका प्रमुख बलराम सापकोटा, हकुई स्वास्थ्य चौकीका प्रमुख नियाज अहमत खाँ, उनवच स्वास्थ्य चौकीका प्रमुख रतनकुमार लालदास, नेपाल परिवार नियोजन संघ परासी शाखाका प्रबन्धक यमनाथ पौडेल, अनमी अञ्जली श्रेष्ठ, शुआहारा बेस नेपालका सुपरभाईजर तीर्थ ढुंगाना लगायतले सहजीकरण नर्गुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस