२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासी क्षेत्रका लायन्स क्लव र अप्टिमिष्ट क्लबद्धारा रामग्रामका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित ( साल अघि) १२७८ पाठक संख्या

परासी, २५ जेठ । परासी क्षेत्रका लायन्स क्लवहरु र अप्टिमिष्ट क्लव अफ नवलपरासीले रामग्राम नगरपालिकाका नवनिर्वाचत जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेका छन् । परासीमा आज भएको उक्त कार्यक्रममा नगरप्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी,वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको हो ।
लायन्स क्लव अफ रामग्राम शान्तिभूमिका अध्यक्ष सुरज यादव र अप्टिमिष्ट क्लव अफ नवलपरासीका अध्यक्ष दीपेश शर्माको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख यादवले नगर क्षेत्रका संघ संस्थाहरुलाई उचित योजनाका साथ कार्य गर्न आग्रह गर्नुभयो । उहाँले व्यानरमा मात्र नभई प्रतिफल दिने कामको योजनाका साथ आए नगरपालिका सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नगर प्रमुख यादवले आफूहरुको पहिलो एजेन्डा नै रामग्राम नगरलाई बाढीबाट जोगाउनु रहेको बताउनुभयो । उहाँले झरही खोलामा तटबन्ध निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र नदी सफाई गर्न नगरपालिकाबाट पन्ध्र लाख विनियोजन भएकोले आज बस्ने विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गराई नदी नियन्त्रणको काम सुरु गरिने बताउनुभयो ।
नगर उपप्रमुख सम्झना चौधरीले नगरका संघ संस्थाहरुसँग सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो । उहाँले नगरको समग्र विकासमा हातेमालो गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा लायन्स क्लव ईण्टरनेशनल ३२५ बिटु नेपालका डिष्ट्रक एक्जुकेटिभ चिफ श्यामकुमार बस्याल, एरिया को–चिफ डिल्लीराज पाण्डे, जोन चेयर पर्सन कृष्णनारायण श्रेष्ठ, रामग्राम वडा नं. ११ का वडाध्यक्ष धनीराम यादव, कार्यपालिका सदस्य नानुकुमारी खड्का लगायतले बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस