२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्रामको नदवामा रामग्राम महिला जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

परासी, २५ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० नदवास्थित वरुण वेभरज(पेप्सी कम्पनी)मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रामग्राम महिला जेसीज परासीको आयोजना, वरुण वेभरेज प्रालिको सहआयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा कम्पनी परिसरमा आज रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त अवसरमा १८ जनाले रक्तदान गरेको रामग्राम महिला जेसीजकी अध्यक्ष अनिता दवाडी तिवारीले जानकारी दिनुभयो । रगत अभावको कारणले कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवीय सेवाका लागि रक्तदान कार्यक्रम गरिएको महिला जेसीजकी अध्यक्ष तिवारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पेप्सी कम्पनीका महाप्रबन्धक पंकज गुप्ताले कम्पनीले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यस क्षेत्रका विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सामाजिक कार्य गर्दै आएको बताउनुभयो । महिला जेसीजसँग मिलेर रक्तदान जस्तो महान कार्य गर्न पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्याय, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री, रामग्राम जेसीजकी पूर्व अध्यक्ष यमकुमारी सुवेदी, रेडियो दाउन्नेका स्टेशन म्यानेजर मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम महिला जेसीजकी महासचिव विनिता खड्काले बताउनुभयो ।

Jc2

महिला जेसीजकी महासचिव खड्काको सञ्चालन, कार्यक्रम संयोजक एवं उपाध्यक्ष सरिता कुर्मीको स्वागत, उपाध्यक्ष दुर्गावती गुप्ताको आस्था पाठ वाचन रहेकोमा कार्यक्रममा रामग्राम महिला जेसीजका पूर्व अध्यक्षहरु तथा रामग्राम जेसीज र महिला जेसीजका पदाधिकारीहरुको सहभागिता थियो ।

Jc3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस