२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा निःशुल्क आँखा शिविर सञ्चालन, २५० बढीको आँखा परीक्षण

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित ( साल अघि) ४७५ पाठक संख्या

परासी, २० जेठ । रामग्राम जेसीज वर्ष २०२२ को आयोजनामा वृहत निःशुल्क् आँखा शिविर कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा रामग्राम नगरपालिका वडा नं. १५ शुक्रौलीमा शिविर सञ्चालन गरिएको थियो ।

285883727_5823770397639520_6491976587725495060_n

 

शिविरमा २५० बढीले निःशुल्क आँखा जाँच गरिएको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायले जानकारी दिनुभयो । जसमध्ये ८० जनामा मोतिविन्दु फेला परेको र उनीहरु सबैको डा.विनोद निता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया तथा औषधी र चश्माको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।जनता मावि शुक्रौलीमा आयोजना गरिएको उक्त शिविरमा अस्पतालका नेत्र विशेषज्ञ नेत्र मगरको नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो ।

285534372_5823766820973211_8272756489522349555_n

कार्यक्रमकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले जेसीजले युवाहरुको नेतृत्व व्यक्तित्व विकासँगै सामाजिक कार्यमा अग्रहणी भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

285384053_5823759284307298_7715089778915950050_n

उक्त अवसरमा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, रामग्राम वडा नं. १५ का वडा अध्यक्ष धनपत यादव, वडा नं.१६ का वडा अध्यक्ष विजय यादव, जनता मावि शुक्रौलीका प्रधानाध्यापक ईन्द्रकमल यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

285617422_5823763094306917_5561490066942345758_n

कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष सुनिल कुमार यादवको स्वागत तथा सहकोषाध्यक्ष निरज ज्ञवालीको सञ्चालन रहेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रामग्राम जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

285522256_5823764680973425_3166044132968941025_n

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस