२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

उपभोक्ता मञ्चद्धारा सुनवलका जनप्रतिनिधिलाई बधाईसहित स्वच्छ बजार निर्माण गर्न ध्यानाकर्षण

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित ( साल अघि) ३७२ पाठक संख्या

परासी, १८ जेठ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले सुनवल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ ।
मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीको नेतृत्वको टोलीले सुनवल नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिमला अर्याल र उपप्रमुख सुर्यप्रसाद दुवेलाई भेटी निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको हो ।
मञ्चको टोलीले स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय बजारलाई स्वच्छ र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई रहेको र उपप्रमुख नै बजार अनुगमन समितिको संयोजक हुने भएकोले स्थानीय बजारको प्रभावकारी अनुगमन गर्दै स्वच्छ बजार स्थापनाका लागि ध्यानाकर्षण गराईएको मञ्चका केन्द्रीय सदस्य ज्ञवालीले बताउनुभयो ।
उक्त अवसरमा मञ्चका जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, जिल्ला सचिव मोहन पौडेल लगायतको सहभागिता थियो ।

S

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस