२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासी रेडक्रसद्धारा यौन तथा लैंगिक हिंसा रोकथाम सम्बन्धी तालिम सञ्चालन

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

परासी, १६ जेठ । यौन तथा लैंगिक हिंसा रोकथाम सम्बन्धि तालिम आजदेखि परासीमा शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा आजदेखि शुरु भएको उक्त तालिम दुई दिनसम्म सञ्चालन हुनेछ ।
रेडक्रसले सञ्चालन गरिरहेको समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम अन्र्तगत उक्त तालिम सञ्चालन गरिएको रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । तालिममा रेडक्रस जिल्ला शाखाका पदाधिकारी तथा रामग्राम र सरावल गाउँपालिका अन्र्तगतका उपशाखाका पदाधिकारीहरु, सामाजिक परिचालक, लैंगिक तथा समावेशीकरण समितिका सदस्यहरुको सहभागिता रहेको छ ।
तालिममा रेडक्रस केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोईराला, केन्द्रीय कार्यालयमा कार्यरत रमा ढकालले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रेडक्रसका लुम्बिनी प्रदेश सदस्य हैदर अलि मोमिनले तालिमले समुदायमा महिला माथि हुने यौन तथा लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा अनुशासित पूर्वक सिक्न र सिकेका कुरालाई व्यवहारमा लागू गर्न पनि उहाँले जोड दिनुभयो ।
रेडक्रस जिल्ला सभापति अग्रहरीले तालिममा सिकेका सिकाई उपलब्धीलाई समुदायमा गएर कार्र्यान्वयन गर्न आग्रह गर्नुभयो । क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालन भईरहेको यो कार्यक्रम पाउने जिल्ला शाखा निकै कम भएको बताउँदै उहाँले पश्चिम नवलपरासी शाखाले यो कार्यक्रम पाएकोले उपलब्धीमूलक बनाउनुपर्नेमा उहाँको जोड थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस