२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

तीन महिने सिलाई कटाई आधारभुत तथा एडभान्स तालिम सम्पन्न

२०७९ जेष्ठ ११, बुधबार प्रकाशित ( साल अघि) १२६८ पाठक संख्या

अमृता
सुनवल, ११ जेठ । सुनवल नगरपालिका वडा नम्बर १ प्रगतिटोलमा अवस्थित महिला उधमी केन्द्र संचालन तथा ब्यवस्थापन समिति द्वारा संचालित ३ महिने सिलाइ कटाइ आधारभुत तथा एडभान्स तालिम सम्पन्न भएको छ ।
आधारभुत सिलाइ कटाई तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो भने एडभान्स तालिममा पनि ३० जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
समितिकि अध्यक्ष सीता भन्डारीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ६० जना सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

Received_420119373292795

 

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै ३ महिना सम्म सिकेको सीपलाइ ब्यबहारमा उतार्न पर्नेमा जोड दिदै महिला उधम केन्द्र भनेको महिलाहरुको उधमशिलताको थलो भएकोले उधम केन्द्र बर्षमा ४ महिना मात्रै संचालन नभएर १२ है महिना चल्नुपर्ने वडा अध्यक्ष मगरले जोड दिनुभयो ।
कार्यक्रममा निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, निवर्तमान कार्यपालिका सदस्य शान्ता भन्डारी, वडा सदस्य कृष्ण के सि, प्रशुराम कवर, सदस्य बाल कुमारी परियार ,अम्बिका थापा, गोमा आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य समितिका उपाध्यक्ष दिल कुमारी खत्रीले दिनु भएको कार्यक्रमको संचालन समितिका सचिब समिक्षा सिन्जापतिले गर्नु भएको थियो भने प्रशिक्षक राधा सापकोटा र शोभा ढकाल रहनुभएको थियो ।

Received_693178041794667

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस