२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दनको पहिलो निर्णय – एक महिना भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्नु

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित ( साल अघि) २३०२ पाठक संख्या

मोहन पौडेल
परासी, ९ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्न निर्देशन गर्ने पहिलो निर्णय गर्नुभएको छ । दोस्रो पटक निर्वाचित भएपछि आज गाउँपालिकामा पदभार ग्रहण गर्दै अध्यक्ष गुप्ताले म्याद सकिएका सम्पुर्ण विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको निर्णय गर्नुभएको हो ।

Deepak 1

 

निर्णय लगत्तै गाउँपालिका अन्र्तगत सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा एक महिना भित्र नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाउँपालिका अन्र्तगतका अधिकांश विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको र कोभिड १९ को महामारीका कारण म्याद थपिएकोमा हाल कोभिडको प्रभाव न्यूनीकरण भएको र शैक्षिक सत्र पनि शुरु भएकोले विद्यालयहरुलाई निर्णय प्रक्रियामा सहज बनाउन उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गुप्ताले आजै गाउँपालिकाद्धारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सम्पूर्ण ध्यान समृद्ध पाल्हीनन्दन र विकासशील पाल्हीनन्दन बनाउनमा केन्द्रीत हुने बताउनुभयो । उहाँले विगतमा सञ्चालन गरिएका अधुरा योजनाहरु पूरा गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा आफू सक्रिय हुने बताउँदै सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

Sakina

 

गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सकिना फातिमा खातुनले सबै मिलेर गाउँपालिकाको विकासमा लाग्ने बताउनुभयो । आफू यो क्षेत्रमा नयाँ भएकोले सबैको सहयोग र सल्लाह अनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%४%१%

प्रतिक्रिया दिनुहोस