२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल नगर प्रमुख अर्यालको पहिलो निर्णय – विपन्नलाई खानेपानी निःशुल्क र सुत्केरी भेटघाट कार्यक्रम

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित ( साल अघि) १६८७ पाठक संख्या

मोहन पौडेल
परासी, ९ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध गराउने भएको छ । नगरपालिकाले सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
सुनवल नगरपालिकामा निर्वाचित प्रमुख(मेयर) बिमला अर्यालले आज पदभार ग्रहण गर्दै उक्त निर्णय गर्नुभएको हो । वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डेको शालिकमा माल्यापर्ण गरी नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्नुभएकी अर्यालले खानेपानी सेवालाई सर्वसुलभ बनाउन र विपन्न वर्गलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउन आर्थिक सामाजिक हिसावले पछि परेका विपन्न समुदायलाई मासिक पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको राससलाई जानकारी दिनुभयो ।

20220523_142634

 

यो निर्णय आगामी साउनदेखि लागू हुनेछ । सुनवल नगरपालिकाले नगर भित्र सञ्चालित विभिन्न खानेपानी आयोजना तथा संस्थाबाट वितरण हुने खानेपानीको महशुलमा एकरुपता ल्याउन यसअघि नै सुनवल नगरपालिकाका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन ऐन जारी गरी लागू गरिसकेको छ ।
जिल्लाकै पहिलो महिला मेयरसमेत रहनुभएकी अर्यालले नगरका सुत्केरी महिलालाई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुत्केरी अवस्थामा अधिकांश महिलाहरुको पोसिलो खाना र स्वास्थ्यमा उचित ध्यान नपुग्ने गर्दा शिशु र आमाको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई पोषणयुक्त खानाको लागि प्रेरित गर्न नगद नभई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख अर्यालले बताउनुभयो ।

Surya 1

 

नगर उपप्रमुख सूर्य दुवेले पनि आजै पदभार ग्रहण गर्दै सबै जनप्रतिनिधि एकजुट भएर नगरको विकासमा केन्द्रीत हुने बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत सुनवल नगरपालिकामा प्रमुख र उपप्रमुखसहित सात वटा वडामा नेकपा एमालेले जित हासिल गरेको छ भने चार वटा वडामा नेपाली काङ्ग्रेस र एउटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले जानकारी दिनुभयो ।

20220523_142754

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस