२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनको अध्यक्षमा माओवादी केन्द्रका गुप्ता दोस्रो पटक निर्वाचित ,उपाध्यक्षमा कांग्रेसकी अन्सारी

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित ( साल अघि) १४११ पाठक संख्या

मोहन पौडेल
परासी,६ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) दोस्रो पटक निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
आज विहानपख सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार ८६ मतको अन्तरले काङ्ग्रेसका साहनीलाई पछि पार्दै गुप्ता अध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको हो । विजयी गुप्ताले चार हजार ३८१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी साहनीले चार हजार २९५ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा भने काङ्ग्रेसका उम्मेदवार फातुमा खातुन अन्सारी विजयी हुनुभएको छ । माओवदी केन्द्रकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष पावित्री कोंहारलाई ५१३ मतान्तरले पछि पार्दै अन्सारी निर्वाचित हुनुभएको हो । अन्सारीले तीन हजार ६९८ मत ल्याउँदा निकटम प्रतिद्धन्द्धी कोंहारले तीन हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
छ वटा वडा रहेको यस गाउँपालिकामा तीन वटा वडा नेकपा माओवादी केन्द्र, दुई वटा नेपाली काङ्ग्रेस र एउटा वडा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले जितेको छ ।
वडा नं. १ मा काङ्ग्रेसका चुल्हाई यादव, वडा नं. २ मा लोसपाका जगदीश गुप्ता, वडा नं. ३ मा माओवादी केन्द्रका गोधन हरिजन, वडा न. ४ मा काङ्ग्रेसका रविन्द्र साहनी, वडा नं. ५ मा माओवादी केन्द्रका दयाशङ्कर त्रिपाठी र वडा नं. ६ मा माओवादीकै कृष्णचन्द्र यादव विजयी हुनुभएको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।
चौविस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उन्नाईस हजार ४४१ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%

प्रतिक्रिया दिनुहोस