२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतापपुर गाउँपालिकामा नेपाली काङ्ग्रेस विजयी

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) ७९४ पाठक संख्या

मोहन पौडेल
परासी,५ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको हो ।
यसअघिको निर्वाचनमा पनि यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै काङ्ग्रेसले नै जितेको थियो । गाउँपालिका अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकमारी चौधरी विजयी हुनुभएको छ ।
निकटम प्रतिद्धन्द्धी जनता प्रगतिशील पार्र्टीका करम हुसेन अन्सारीलाई दुई हजार २०० मतको अन्तरले पछि पार्दै अध्यक्षमा यादव निर्वाचित हुनुभएको हो । यादवले छ हजार ८ मत प्राप्त गर्दा अन्सारीको तीन हजार ८०८ मत आएको छ ।
उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष एवं जनता प्रगतिशील पार्टीकी उम्मेदवार अञ्जुकुमारी चौधरीलाई एक हजार ६४६ मतको अन्तरले पछि पार्दै मानकुमारी विजयी हुनुभएको हो । विजयी मान कुमारीले ५८५५ मत र निकटम प्रतिद्धन्द्धी अञ्जु कुमारी चौधरीले ४२०९मत प्राप्त गर्नुभएको छ ।
नौ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा चार वटा वडा काङ्ग्रेस,दुई वटा वडा राप्रपा, एउटा वडा माओवादी केन्द्र,एमाले र जनता प्रगतिशील पार्टीले एक– एक वडा जितेका छन् । वडा नं. १ मा काङ्ग्रेसका महेन्द्र थारु, वडा नं. २ मा राप्रपाका रामनरेश यादव, वडा नं. ३ मा काङ्ग्रेसका ऋषिदेव दास पटेल, वडा नं. ४ मा जनता प्रगतिशील पार्टीका जन्त्री बरई निर्वाचित हुनुभएको छ ।
वडा न.. ५ मा राप्रपाका रमेश बनिया, वडा नं. ६ मा काङ्ग्रेसका केशव अधिकारी, वडा नं ७ मा काङ्ग्रेसका हरेन्द्र यादव,वडा नं. ८ मा माओवादी केन्द्रका सन्तोष राजभर र वडा नं. ९ मा एमालेका जयकिशुन चौधरी विजयी हुनुभएको छ । उन्तीस हजार ७९ मतदाता रहेको यस गाउँपालिकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत गाउँपालिकाका विभिन्न ३६ मतदान केन्द्रबाट तेईस हजार २६४ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस