२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाटमा कांग्रेस– माओवादी गठबन्धन विजयी,मेयरमा श्रेष्ठ, उपमेयरमा उपाध्याय

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) ८९५ पाठक संख्या

परासी, ५ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनु भएको हो ।
निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उम्मेदवार धीरज शर्मा बस्याललाई ५ हजार १ सय ६३ मतको फराकिलो मतान्तरले पराजित गर्नु भयो । श्रेष्ठले १८ हजार ४ सय ८९ मत ल्याउँदा शर्माले १३ हजार ३ सय २७ मत ल्याउनु भएको छ ।
नेकपा एमालेले उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई उठाएको थियो । उहालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै एकीकृत माओवादीका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभयो । उपाध्यायको १४ हजार ५ सय ९५ र रानाको १३ हजार ८ सय १० मत रहेको छ ।
१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेले, नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १÷१ वडामा जित हासिल गरेका छन् । निर्वाचित वडाध्यक्षमा वडा नं. १ मा सन्दिप सापकोटा, वडा नं. २ मा गणेशबहादुर क्षेत्री, वडा नं. ३ मा प्रकाशचन्द्र अधिकारी, वडा नं. ४ मा वेधविना तिवारी, वडा नं. ५ मा विमला गुरुङ, वडा नं. ६ मा रोहित थारु हुनुहुन्छ ।
वडा नं. ७ मा धु्व्र थारु, वडा नं. ८ मा कविराज आचार्य, वडा नं. ९ मा चन्द्रकान्त चापागाई, वडा नं. १० मा राजु मिश्र, वडा नं. ११ मा फणेन्द्र चौधरी, वडा नं. १२ मा उमाशंकर चौधरी, वडा नं. १३ मा नरबहादुर चौधरी, वडा नं. १४ मा सन्तुबहादुर गाहा, वडा नं. १५ मा रुद्र आले र वडा नं. १६ मा भीमकाजी गुरुङ वडाध्यक्षमा विजयी हुनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस