२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कांग्रेस– माओवादी गठबन्धनलाई हराउँदै सुनवल नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

मोहन पौडेल
परासी,५ जेठ । सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काङ्ग्रेस–माओवादी केन्द्र गठबन्धनलाई हराउँदै प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो ।
तीन हजार २१८ मतको फराकिलो अन्तरले गठबन्धनका उम्मेदवार अर्जुन कुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेकी बिमला अर्याल विजयी हुनुभएको छ भने चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै उपप्रमुखमा एमालेका सूर्य प्रसाद दुवे निर्वाचित हुनुभएको छ ।
प्रमुखमा पराजित पोखरेल नेपाली काङ्ग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएको थियो । निर्वाचित अर्यालले चौध हजार ८३८ मत ल्याउनुभएको छ भने निकटम प्रतिद्धन्द्धी पोखरेलले एघार हजार ६२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय सुनवलले जनाएको छ ।
उपप्रमुखमा निर्वाचित दुवेले तेह्र हजार ७९८ मत प्राप्त गर्दा निकटम प्रतिद्धन्द्धी खरेलले आठ हजार ८९० मत पाउनुभएको छ । यसअघिको निर्वाचनमा सुनवल नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेले जितेको थियो ।
१३ वटा वडा रहेको यस नगरपालिकामा सात वटा वडा एमालेले जितेको छ भने काङ्ग्रेसले पाँच वटा वडा र माओवादी केन्द्रले एउटा वडा जितेको छ । वडा नं १ मा एमालेका मनबहादुर थापा, वडा नं. २ मा एमालेका राजेन्द्र यादव, वडा नं.३ मा काङ्ग्रेसका पविन गुरुङ, वडा नं. ४ मा एमालेका बालकृष्ण पङ्गेनी, वडा नं.५ मा काङ्ग्रेसका नेत्रलाल तिवारी, वडा नं. ६ मा एमालेका हिमलाल शर्मा विजयी हुनभएको छ ।
वडा नं. ७ मा माओवादी केन्द्रका नारायण आचार्य, वडा नं. ८ मा काङ्ग्रेसका देवबहादुर गुरुङ्,वडा नं. ९ मा एमालेका बीरबल चौधरी, वडा नं.१० मा एमालेका दीलबहादुर थापा, वडा नं. ११ मा काङ्ग्रेसका कमल प्रसाद च्वाई, वडा नं. १२ मा काङ्ग्रेसका चुरामणि पौडेल र वडा नं. १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित हुनुभएको छ ।
छ्यालिस हजार ३०१ मतदाता रहेको सुनवल नगरपालिकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत नगरका विभिन्न ५० वटा मतदान केन्द्रबाट चौँतीस हजार ४७८ मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस