२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुस्ता गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) ६०४ पाठक संख्या

मोहन पौडेल
परासी, ५ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी हुनुभएको हो ।
यसअघिको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेले जितेको थियो । निवर्तमान गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेलाई २७२ मतको अन्तरले पछि पार्दै उपाध्याय निर्वाचित हुनुभएको हो ।
उपाध्यायले छ हजार २७० मत ल्याउँदा निकटम प्रतिद्धन्द्धी पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि काङ्ग्रेसकी गीता चौधरीले निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार ईन्द्रकुमारी थरुनीलाई ६२१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हुनुभयो ।
निर्वाचित चौधरीले छ हजार ६०५ मत र निकटम प्रतिद्धन्द्धी थरुनीले पाँच हजार ९८४ मत ल्याउनुभएको छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा तीन वटा वडा काङ्ग्रेस र दुई वटा वडा एमालेले जितेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. १ मा काङ्ग्रेसका अशोक चौधरी, वडा नं.२ मा एमालेका कृष्णलाल मुखिया, वडा नं. ३ मा एमालेका हरिलाल दुसाध, वडा नं.४ मा काङ्ग्रेसका नीलबहादुर गुरुङ् र वडा नं. ५ मा काङ्ग्रेसका प्रभुनाथ यादव विजयी हुनुभएको छ ।
तेईस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाका विभिन्न ३० मतदान केन्द्रबाट अठार हजार ७५४ मत खसेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस