२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम स्तुपको लुम्बिनी जत्तिकै समन्यायिक विकास गर्नुपर्छ – प्रजिअ पोखरेल

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

परासी, १ जेठ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रामग्राम स्तुपको लुम्बिनी जत्तिकै समन्वायिक आधारमा विकास हुनुपर्ने बताउनुभएको छ ।
२५६६ औँ बुद्धजयन्तीको अवसरमा आज रामग्राम स्तुपमा आयोजित बुद्ध प्रवचन कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले बुद्धको सिंगो अस्तुधातु संरक्षण गरी राखिएको रामग्राम स्तुप विकासका दृष्टिले निकै पछाडि परेको बताउनुभयो ।
लुम्बिनी विकास कोष लुम्बिनीमा मात्रै केन्द्रीत नभई रामग्राम, तिलौराकोट लगायतका बुद्ध स्थलको विकासमा समान हिसावले लाग्नुपर्ने उहाँको भनाई थियो । रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले विश्वकै बुद्धमार्गीहरुको लागि ऐतिहासिक सम्पदाको रुपमा रहेको रामग्राम स्तुपको विकासका र प्रवद्र्धनका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

02

रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य प्रकाश भट्टराईले आफूले कोषको बैठकमा रामग्रामको विकासको विषयमा कुरा उठाएको बताउनुभयो ।
रामग्रामको विकासका लागि कोषमा लडिरहने बताउँदै उहाँले रामग्राम स्तुपको विकासमा कोषले चासो नदिएमा लुम्बिनीबाट स्तुपलाई अलग्गै ल्याएर छुट्टै विकास कोष बनाउन पहल गर्ने बताउनुभयो । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले छुट्टै रामग्राम विकास कोष गठन नहुँदासम्म रामग्राम स्तुपको विकास हुन नसक्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका भिक्षु सागरले बुद्ध प्रवचन र रामग्राम स्तुपको महत्वबारे जानकारी गराउनुभएको रामग्राम नगरपालिकाका अधिकृत सुन्दर खनालले बताउनुभयो ।
बुद्धजयन्तीको पूर्वसन्ध्यामा शनिबार उजैनी चोकदेखि स्तुपसम्मको क्षेत्रमा बृहत सरसफाई गरिएको थियो । रामग्राम जेसीजको नेतृत्वमा भएको उक्त कार्यक्रममा प्रजिअ पोखरेल, सुरक्षा निकायका प्रमुखहरु तथा स्थानीय अगुवा, समाजसेवी, सुरक्षाकर्मीको सहभागिता रहेको रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायले बताउनुभयो । बुद्धजयन्तीको दिन जेठ २ गते भोली रामग्राम स्तुपमा मूल समारोह तथा बुद्ध मेला आयोजना हुने बुद्धजयन्ती मूल समारोह समितिका संयोजक शम्भु उपाध्यायले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस