२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवलमा एमालेको अग्रता, वडा नं. १ र २ मा एमाले विजयी

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) १०३४ पाठक संख्या

परासी, १ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा एमालेले निरन्तर अग्रता कायम राखेको छ । सुनवलमा वडा नं. १ र २ को मतगणना सकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा एमालेकी बिमला अर्याल दुई हजार ६१३ मतका साथ अगाडि हुनुहुन्छ भने गठबन्धन(नेपाली काङ्ग्रेस र माओवादी केन्द्र)का उम्मेदवार अर्जुन कुमार पोखरेल एक हजार ९०३ मतसहित अर्याललाई पछ्याईरहनुभएको छ ।
नगर उपप्रमुखमा पनि एमालेका सूर्य दुवे दुई हजार ४५३ मत सहित अगाडी हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार लेखनाथ खरेल एक हजार २२५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । यसअघिको निर्वाचनमा सुनवलमा नगर प्रमुख नेपाली काङ्ग्रेस र उपप्रमुखमा एमालेले जितेको थियो ।
हालसम्मको गणना अनुसार सुनवलको वडा नं. १ मा एमालेले प्यानलसहित जित हासिल गरेको छ । उक्त वडामा एमालेका उम्मेदवार मनबहादुर थापा २२२ मतान्तरको फरकले वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
वडा नं. २ मा पनि एमाले विजयी भएको छ । एमालेका राजेन्द्र यादव एक हजार १३२ मतका साथ दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका ज्ञानचन्द्र यादवले एक हजार ७५ मत प्राप्त गर्नुभयो । यहाँ १३ वडा रहेका छन् । कूल ४६ हजार ३०१ मतदाता रहेको सुनवलमा ३४ हजार ४७८ मत खसेको निर्वाचन अधिकृत लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस