२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा नेपाली काङ्ग्रेसको अग्रता,वडा नं.१ मा प्यानल नै विजयी

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) ८४९ पाठक संख्या

परासी, १ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम राखेको छ । मतगणनाको शुरुवात देखि नै काङ्ग्रेसले निरन्तर अग्रता लिएको हो ।
काङ्ग्रेसबाट यस गाउँपालिकाको अध्यक्षमा राजेन्द्र सहानी र उपाध्यक्षमा सकिना फातिमा खातुन उम्मेदवार रहनुभएको छ । हालसम्म गणना अनुसार काङ्ग्रेसका अध्यक्षका उम्मेदवार सहानीले एक हजार १९८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ भने उहाँलाई नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक)ले एक हजार पन्ध्र मत ल्याएर पछ्याईरहनुभएको छ ।
गुप्ता निवर्तमान गाउँपालिका अध्यक्ष हुनुुहुन्छ । यसअघिको निर्वाचनमा यस पालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो । उपाध्यक्षमा पनि काङ्ग्रेसकै खातुन एक हजार २०४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाँलाई माओवादी केन्द्रकी पावित्री कोंहारले ८७६ मतसहित पछ्याईरहनुभएको छ । कोंहार निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।
मतपरिणाम अुनसार यस गाउँपालिकाको वडा नं. १ मा नेपाली काङ्ग्रेसका चुल्हाई प्रसाद यादव वडा अध्यक्षमा विजयी हुनुभएको छ । अहिले २ नम्बर वडाको गणना भईरहेको छ । यस पालिका ६ वडा छन् । कूल २४ हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस