२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ७८ प्रतिशत मत खस्यो,गणनाको तयारी

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) ८३७ पाठक संख्या

परासी,३० वैशाख । पश्चिम नवलपरासीमा ७८ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत आज जिल्लाका १२१ मतदान स्थलका २८३ मतदान केन्द्रमा ७६.७६ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कूल दुई लाख ३७ हजार १२५ जना मतदाता रहेको यस जिल्लामा एक लाख ८४ हजार ३८२ मत खसेको हो । जसमा पुरुष ८८ हजार ५१२ र महिला ९५ हजार ८७० जना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार सबैभन्दा बढी रामग्राम नगरपालिकामा ८१.५१ प्रतिशत मतदान भएको छ । कूल ३७ हजार ९५ मतदाता मध्ये यहाँ ३० हजार २३७ जनाले मतदान गरेका हुन् । सबैभन्दा कम बर्दघाट नगरपालिकामा मत खसेको छ । यहाँ ७३.४५ प्रतिशत मत खसेको छ । यहाँ कूल मतदाता ५० हजार ६३१ रहेकोमा ३७ हजार १८६ जना मतदान कार्यमा सहभागि भएका छन् ।
यसबाहेक सुनवल नगरपालिकामा ७४.४६ प्रतिशत, सुस्ता गाउँपालिकामा ७८.२८ प्रतिशत, प्रतापपुरमा ८० प्रतिशत, पाल्हीनन्दनमा ८०.५१ प्रतिशत र सरावलमा ८१.१३ प्रतिशत मतदान भएको छ ।
सबै मतदान स्थलबाट मतपेटिका ल्याउने काम करिब अन्तिम चरणमा रहेको र सम्भव भएका पालिकाहरुमा आजै देखि मतगणना गर्ने तयारी भएको बताईएको छ ।

Matdan

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस