२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा साढे ८० प्रतिशत मत खस्यो, मत गणनाको तयारी

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

परासी, ३० वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा साढे ८० प्रतिशत मतदान भएको छ । दश मतदान स्थलका २६ मतदान केन्द्रमा आज उक्त मतदान भएको हो ।
कूल २४ हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । जसमा पुरुष ९ हजार ९१९ र महिला ९ हजार ५२२ जना रहेका छन् ।
सबै केन्द्रबाट मत पेटीका मत गणना स्थल गाउँपालिकाको प्रशासनिक भवन वेलाशपुरमा ल्याइएको र गणनाको तयारी थालिएको गौतमले बताउनुभयो ।

P2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस