२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामको विकास गर्ने अवसर दिनुहोस्, मलाई भोट दिएर पछुताउनुपर्ने छैन – धनपत यादव

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) ८५३ पाठक संख्या

परासी , २७ वैशाख । नेकपा एमालेको तर्फबाट रामग्राम नगरपालिकाको मेयर पदका उम्मेदवार धनपत यादवले रामग्रामको विकासको गति बढाउन र रामग्रामवासीको दु:खमा सेवा गर्ने मोका दिन मतदातालाई आग्रह गर्नुभएको छ ।
नगरका विभिन्न वडामा घरदैलो गर्दै युवा नेता यादवले आफुले मेयर पदमा विजयी भएमा जनताको शासकको रुपमा होइन सेवकको रुपमा काम गर्ने बताउनुभयो ।
नगरपालिकाबाट प्रदान गरिने सेवा सहज र सरल बनाउने तथा रामग्रामलाई बाढीमुक्त नगर बनाउने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
मेयरलाई जनताले सहजै भेटघाट गर्न र आफ्नो समस्या सुनाउन सक्ने वातावरणको सिर्जना गर्ने उहाँको भनाइ छ ।
पदमा नहुदा पनि आफुले नगरवासीको दु:खमा साथ दिदै नगरवासीको समस्या समाधानमा साथ दिदै आएकोले यसपटक नगरवासीले कामको मुल्यांकन गरेर आफुलाई विजयी बनाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
एमालेकै नेतृत्वमा रामग्रामलाई समृद्ध नगर बनाउन सकिने उहाँले बताउनुभयो । आफुलाई मत दिने मतदातालाई पछुताउन नदिने, जनताको मनमनमा बस्ने गरी जनताका समस्यालाई नजिकबाट बुझ्ने र समाधान गर्ने योजनाका साथ अघि बढीरहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%

प्रतिक्रिया दिनुहोस