सरावल,२४ वैशाख – नेपाली काँग्रेस सरावल गाउँपालिका वडा नं. ४ ले व्यापक सहभागिताका साथ र्याली प्रदर्शन गरेको छ ।
काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार बदरुल हक खाँको प्यानलले वडामा शक्ति प्रदर्शन गरेको हो ।
पार्टीमा महासमिति सदस्य समेत भई सक्नुभएका खाँ हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
खाँ यस क्षेत्रमा लोकप्रिय र सहयोगी नेताको रुपमा स्थापित व्यक्ति भएको सोही वडाका अनिल गुप्ताले बताउनुभयो ।
विहिबार र शुक्रवार प्रदर्शन गरिएको र्यालीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनाल र नेता देवकरण कलवार (सन्तु) को समेत सहभागिता रहेको थियो ।
सरावल ४ अन्तर्गत पर्ने बडसार, ललितपुर, मंगलापुर, हात्तिवन, पुर्नहा र गोबरहिंयामा घरदैलो गर्दै कोणसभा समेत गरिएको कांग्रेसले जनाएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेता कलवार र खनालले वडा नं. ४ मा कांग्रेसको विजय सुनिश्चित रहेको दावी गर्नुभएको थियो ।
वडाध्यक्ष पदका उम्मेदवार बदरुल हक खाँ वि.सं. २०३५ सालदेखि निरन्तर कांग्रेसमा सक्रिय भई स्थानीय स्तरमा जनताको सेवा गर्दै आएको अन्य दलका समर्थकले समेत स्वीकारेका छन् । सरावल गाउँपालिकामा काँग्रेसबाट अध्यक्ष पदमा अनिल कुमार गौंड र उपाध्यक्ष पदमा उत्तमा रायले उम्मेदवारी दिनुभएको छ ।
C1