२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

ठूलो परिमाणको लागूऔषधसहित दुई भारतीय युवक पक्राउ

२०७९ बैशाख २१, बुधबार प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

मोहन पौडेल
परासी, २१ वैशाख । ठूलो परिमाणमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट प्रहरीले लागूऔषधसहित कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजिया बस्ने २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुर वस्ने १९ वर्षीय राकेश सहानी रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्र बैदौलीको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाईकलमा जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध फेला पारेको हो ।
मोटरसाईकलको ढिक्कीभित्र झोलामा राखिएको अवस्थामा १७५ एम्पुल डाईजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैद्य लागूऔषध फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य थालिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस