२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रभु बैंक अमरपथ शाखा कार्यालय आजदेखि बुटवलको टक्सार कम्पलेक्सको दोस्रो तलामा

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

बुटवल, १९ वैशाख । रुपन्देहीस्थित प्रभु बैंक लिमिटेड अमरपथ शाखा कार्यालय बुटवल टक्सार कम्पलेक्समा स्थान्तरण भएको छ । बैंकको शाखा हाल रहेको भवनबाट पचास मिटर दक्षिण टक्सार कम्पलेक्सको दोस्रो तलामा आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
बैंकका वेस्टर्न बिजनेस सेन्टर चिफले आज एक समारोहकाबीच उक्त भवनमा बैंक शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।नयाँ भवनबाट सेवाग्राहीलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकीङ सेवा प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बैंकले आजैदेखि सम्पूर्ण बैंंकीङ् सेवाहरु सोही भवनबाट सञ्चालनमा ल्याएको शाखा प्रबन्धक शेषमणि पटेलले जानकारी दिनुभयो । उहाँले प्रभु बैकका सेवाहरु उपभोग गरी आर्थिक अवस्था सृुदृढ गर्न ग्राहकलाई आग्रह गर्नुभयो । प्रभु बैंकका देशभरमा २१५ वटा शाखा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस