२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

वडावासीले शिर झुकाउन नपर्ने गरी वडाको योजनाबद्ध विकास गर्छु – विष्णु भट्टराई

२०७९ बैशाख १८, आईतबार प्रकाशित ( साल अघि) ११९४ पाठक संख्या

सरावल, १८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिदैँ गर्दा यतिबेला गाउँ शहरमा उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ता भोट माग्दै घरदैलोमा पुगिरहेका छन् । मतदाता भने विकास गर्न सक्ने भिजन र अब्बल नेतृत्व भएका उम्मेदवार खोज्दै छन् ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका विष्णु भट्टराई वडावासीले रुचाएका उम्मेदवारको रुपमा परिचित हुन सफल हुनुभएको छ । वडाका विभिन्न टोलमा घरदैलोमा व्यस्त भट्टराईले वडाको पूर्वाधार विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
लामो समयदेखि यस वडामा राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील भई समाज सेवा मार्फत वडावासीको मन जित्दै आएकोेले यस पटकको निर्वाचनमा वडावासीको थप माया पाउनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । वडाको समग्र विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्ने बताउँदै उहाँले पाँच वर्ष भित्र वडामा गर्ने योजनाको छुट्टै प्रतिवद्धता पत्र बनाएको बताउनुभयो ।
आफू विजयी भएमा वडावासीको शिर झुक्ने कुनै काम नगर्ने र मतदाता पछुताउनुपर्ने अवस्था आउन नदिने उहाँले दाबी गर्नुभयो । वडाको विकास र यहाँका समस्या समाधानका लागि आफूसँग स्पष्ट भिजन भएकोले वडावासीले वडा अध्यक्षको रुपमा जिताउनुभएमा प्रतिबद्धता पत्र पूर्ण कार्यान्वयन गर्दै जनताको सुखदुःखमा साथ दिने र शासक हाईन सेवकको रुपमा जनताको सेवामा खटिने उहाँले बताउनुभयो ।
यसअघिको निर्वाचनमा वडामा एमालेको सरकार नभएपनि एमालेको नेतृत्वमा वडा भित्र असाधारण विकास गरिएको बताउँदै वडाको नेतृत्व गर्न पाएमा नमूना वडाको रुपमा स्थापित गर्ने भट्टराईको प्रतिवद्धता छ । यस्तो छ सरावलको वडा नं. १ को समग्र विकासका लागि एमालेको प्रतिबद्धता पत्र-

Screenshot_20220501 195343_OneDrive

 

Screenshot_20220501 195349_OneDrive

 

Screenshot_20220501 195334_OneDrive

Screenshot_20220501 195308_OneDrive

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१%१%

प्रतिक्रिया दिनुहोस