२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

शासक होईन सेवक बन्नेछु,मेयरलाई भेट्न अनुमति लिनुपर्ने व्यवस्था हटाउँछु- बिमला अर्याल

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित ( साल अघि) १०१८ पाठक संख्या

सुनवल, १६ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहकोको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम नामावली प्रकाशन भएसँगै विभिन्न दलबाट उम्मेदवार भएकाहरु भोट माग्दै घरदैलोमा भेटघाटमा व्यस्त भएका छन् ।
नेकपा एमालेको तर्फबाट सुनवल नगरपालिकाको मेयर पदकी उम्मेदवार बिमला अर्याल पनि घरदैलो र टोल भेला अभियानमा व्यस्त हुनुहुन्छ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चार्ज समेत रहनुभएकी अर्यालले यसपटक आफ्नो पक्षमा जनलहर छाएको बताउनुभयो । आज सुनवलको वडा नं. ४ का विभिन्न टोलमा भएका भेला र घैरदैलोको क्रममा नेतृ अर्यालले सुनवल नगरको प्रमुख पदमा विजयी भएमा नगर प्रमुखलाई भेट्न अनुमति लिनुपर्ने व्यवस्थाको अन्त्य गरेर जनताले सहजै भेटघाट र आफ्नो समस्या सुनाउन सक्ने वातावरणको सिर्जना गर्ने बताउनुभयो ।
आफू पदमा नरहदाँ पनि निरन्तर जनताको न्याय र सेवामै खदिदैँ आएको बताउँदै उहाँले शासक होईन सेवकको रुपमा जनताको सेवामा खटिने बताउनुभयो । उहाँले पैसा र विभिन्न प्रलोभनमा परेर होईन सुनवलको विकासमा योगदान गर्न सक्ने व्यक्तिलाई भोट दिन आग्रह गर्नुभयो । एमालेकै नेतृत्वमा सुनवललाई समृद्ध नगर बनाउने उहाँले बताउनुभयो ।
समृद्ध सुनवल सुखी सुनवलवासीको सपना साकार पार्न, महिलाको नेतृत्वमा नमूना नगरपालिकाको रुपमा स्थापित गर्न, जनताको मनमनमा बस्ने गरी जनताका समस्यालाई नजिकबाट बुझ्ने र समाधान गर्ने योजनाका साथ अघि बढीरहेको उहाँले बताउनुभयो ।
सुनवल नगरवासीको अनुहारमा खुशी ल्याउन, युवा र महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने, बन्द रहेका कलकारखना सञ्चालन गर्ने, नयाँ उद्योगको स्थापना गराई रोजगारी बढाउने, कृषकको उत्पादनलाई बढवा दिने र मलविउको सहज व्यवथापन गर्ने, सुशासन र भ्रष्टाचार मुक्त सुनौलो सुनवल बनाउने प्रतिबद्धता जनाउनुभयो । पार्टीको मजबद संगठन नै आफ्नो जितको आधार भएको उहाँको भनाई थियो । एमाले सत्तामा रहे पनि नरहेपनि देश र जनताको पक्षमा गर्ने कामले पनि नागरिकले एमालेलाई भोट दिने उहाँको दाबी थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस