२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

सुस्ता गाउँपालिका जिल्लाकै दोस्रो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

२०७९ बैशाख १५, बिहिबार प्रकाशित ( साल अघि) १०६१ पाठक संख्या

मोहन पौडेल
परासी,१५ वैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँ पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा दशौँ र जिल्लामा गाउँपालिकातर्फ पहिलो भएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्रवण कुमार पोखरेलले आज एक समारोहबीच सुस्ता गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्नुभएको हो ।

20220428_125253

 

गाउँपालिकाले १२ बर्षभन्दा माथि उमेरका व्यक्तिहरुको खोज र खोप अभियान सञ्चालन गरी, घरपरिवार, विद्यालय सर्भेक्षण लगायतका मापदण्ड पुरा गरी जिल्ला खोप समन्वय समिति, कोभिड खोप व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय परासीबाट अनुगमन प्रक्रिया पुरा गरेर गाउँपालिकालाई जिल्लाकै दोस्रो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको हो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सुस्ता गाउँपालिकाले कोभिड १९ को शुरुको अवस्थादेखी हालसम्म रोकथाम, न्युनिकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै गाउँपालिकातर्फ पहिलो हुन सफल भएको बताउनुभयो । उहाँले यश अभियानलाई निरन्तरता र दीगोपना बनाई राख्न जोड दिनुभयो । अभियान सफल पार्न विशेषगरी महिला स्वास्थ्य स्वयम्सेवक र स्वास्थ्यकर्मीको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले सुस्ता गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने देशकै दशौँ पालिका भित्र पर्न सफल भएको बताउनुभयो । उहाँले नवलपरासी जिल्लालाई नेपालकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने गरि अभियान सञ्चालन भईरहेको बताउनुभयो । जिल्लामा हालसम्म १२ वर्ष माथिका लक्षित जनसंख्या मध्य ९९ प्रतिशतले कोभिड १९ विरुद्धको पहिलो डोज र ९५ प्रतिशतले दोस्रो डोज लगाएको उहाँले बताउनुभयो ।

20220428_123359

 

दोस्रो खोप लगाएर मात्रै संक्रमणबाट नजोगिने भएकोले खोजि खोजि बुस्टर खोप लगाउन उहाँले सबैलाई अनुरोध गर्नुभयो ।
सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले स्वास्थ्य शाखाको अगुवाईमा पालिकाका कर्मचारी, जनप्रतिनिधी, महिला स्वयसेविका, स्वास्थ्यकर्मीको सहकार्यबाट पालिकाले महत्वपूर्ण उपलव्धि हासिल गरेको बताउनुभयो । कोभिड पूर्ण नियन्त्रण नभइसकेकोले नियमित माक्स लगाउने, पटक–पटक साबुन पानीले हात धुने बानी बसाले मात्र कोभिड सक्रमणबाट जोगिन सकिने भएकाले यो अभियानलाई निरन्तरता दिन सबैमा अनुरोध गर्नुभयो । यश अभियानलाई दीगोपना दिन चुनौती रहेपनि सबै पक्षको सहयोगबाट चुनौती सामना गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाकी स्वास्थ शाखा संयोजक निर्मला कुशवाहाले विभिन्न सुचकहरु पुरा गर्दै वडा घोषाणा गर्दै सिङ्गो पालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चतता भएको पालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।
पालिकाले सञ्चालन गरेको खोप अभियानबाट सुस्तअ गाउँपालिकामा कोभिड १९ विरुद्धको पहिलो खोप २७ हजार ७७३ जनाले र दोस्रो खोप २७ हजार ४०८ जनाले लगाएका थिए । खोज र खोप अभियानको क्रममा कुनै पनि खोप नलगाएको ५०० जना र दोस्रो डोज नलगाएका ८५० जना भेटिएकोमा पहिलो डोज ४७९ जन र दोस्रो खोप ८०० बढी लाई लगाईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ शाखा प्रमुख कुशवाहा,स्वास्थ्य स्वयमसेविका लगायतलाइ सम्मान पनि गरिएको स्वास्थ्य शाखा उपसंयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस