२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

शुभलक्ष्मीमा स्वच्छ दुध उत्पादनका लागि व्यवसायिक गाईपालन आयोजना सञ्चालन

२०७९ बैशाख १३, मंगलबार प्रकाशित ( साल अघि) ७४९ पाठक संख्या

मोहन पौडेल
परासी, १३ वैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ पाडाटिकरस्थित शुभलक्ष्मी बहुउद्देश्यीय कृषि फर्मले स्वच्छ दुध उत्पादनका लागि व्यवसायिक गाईपालन परियोजना सञ्चालन गर्ने भएको छ ।
नेपाल लाईभस्टक ईनोभेसन आयोजनाको उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदानको सहयोगमा सञ्चालन हुने उक्त परियोजना मार्फत स्वच्छ दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको फर्मले जनाएको छ । फर्म सञ्चालक महिलाहरुको नेतृत्व विकास, रोजगारीको सिर्जना, आर्थिक सामाजिक विकासका लागि परियोजना सार्थक हुने अपेक्षा गरिएको छ ।

4

 

परियोजना सञ्चालन पूर्व आज फर्म परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त जानकारी गराईएको हो । आयोजना अन्र्तगत १४ वटा गाई अटाउने सुधारिएको गोठ, भुस र पराल राख्ने छु्ट्टाछुट्टै स्टोर निर्माण गर्ने, गोबरलाई व्यवस्थित व्यवस्थापन गरी प्रांगरिक मल बनाउने गरी पिठ निर्माण गर्नृ,मेसिन उपकरण जडान गर्ने, होलस्टेन फ्रिजन तथा स्थानीय जातीसँगको वर्णशंकरका गाई १४ वटा खरिद गर्ने तथा गोठमा उन्नत नश्लका बाच्छी गरिने लगायतका क्रियाकलाप गरिने फर्मका अध्यक्ष अनिता शर्माले बताउनुभयो ।

2

 

कूल ४६ लाख ५८ हजार ७१५ रुपैँयाको लागत अनुमान गरिएको उक्त परियोजनाका लागि आयोजनाको अनुदान रु २३ लाख ३० हजार १४६, कृषि विकास बैंकको ऋण लगानी रु १३ लाख ८९ हजार ४८० र लाभग्राही संस्थाको लगानी रु नौ लाख ३९ हजार ८९ रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
आगामी पुस मसान्त सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको यस परियोजना अन्र्तगत पाँचदेखि सात जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्नेछन भने दैनिक १५० देखि २०० लिटर दुध उत्पादन गर्ने लक्ष्य लिईएको संस्थाका सञ्चालक सञ्जय शर्माले बताउनुभयो ।
करिब छ विघा क्षेत्रफलमा सञ्चालन भईरहेको यो कृषि फर्मले अहिले २० वटा गाईपालन गरेको छ भने तीन विघा भन्दा बढी क्षेत्रमा नेपिएर जातको घाँस खेती र वृक्षारोपण गरेको छ । व्यवसायिक गाईपालन मार्फत वातावरण संरक्षणमा टेवा पुराउने पनि फर्मको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस