२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले त्यागेका खरेल माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

परासी, १२ वैशाख । नेकपा एमाले पश्चिम नवलपरासीका युवा नेता लेखनाथ खरेलले पार्टी परित्याग गर्नुभएको छ । एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका खरेल माओवादी केन्द्रबाट सुनवल नगरपालिकाको उपमेयरको उम्मेदवार पनि बन्नुभएको छ ।
वि.स २०४६ साल देखि नै विद्यार्थी जीवनबाट राजनिति सुरु गर्नुभएका खरेलले आफुलाई स्थानीय निर्वाचनमा पार्टीले मूल्यांकन नगरी उपेक्षा गरेको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको घोषणा गर्नुभएको थियो ।
केहि व्यक्तिहरुले नेकपा एमाले कब्जा गरेको र योगदान दिने सदस्यलाई किनारा लगाएको खरेलको आरोप छ । पछिल्ले समयमा पार्टिमा आफुलाई भुमिका विहिन गराएको र जिल्ला अधिवेशनमा सदस्य पदमा चुनाव हारेको व्यक्तिलाई प्रदेश कमिटिमा मनोनित गर्दा आफ्नो नाम जिल्ला इन्चार्ज, सह इन्चार्ज र जिल्ला अध्यक्षले सहमति गरेर पेश गरेको लिष्ट नै च्यातिएको भन्दै सो अवस्था आफुलाई अत्यन्तै असहज भएकाले पार्टिबाट राजिनामा दिनुपरेको बताउनुभयो ।
साथै पार्टिमा काम गर्ने र योगदान भएका दक्ष पार्टि सदस्यको बेवस्ता गर्दै आर्थिक तथा कृपावादको चलखेलले पार्टिलाई गतिहिनता तर्फ लैजादै गरेको परिदृश्यमा पार्टिको गलत कृयाकलाप पछि लागेर पार्टिको झण्डा बोकिरहनु शान्द्रभिकता नभएको समेत खरेलले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस