२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रेस चौतारीका अध्यक्ष गौतमद्धारा वडा अध्यक्षमा उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

परासी, १२ वैशाख । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाका अध्यक्ष मेघराज गौतमले वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । उहाँलाई नेकपा एमालेले रामग्राम नगरपालिकामा वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो ।
अध्यक्ष गौतमलाई एमालेले रामग्राम नगरपालिकाको वडा नं. ३ मा वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो । अध्यक्ष गौतमले आज रामग्राम नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल पत्रकार महासंघका साधारण सदस्य रहनुभएका गौतम रेडियो परासीमा आवद्ध हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस