२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलमा एमालेबाट अध्यक्षमा चौधरी र उपाध्यक्षमा हरिजनको उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

परासी, १२ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमालेले उम्मेदवार मनोनयन दर्ता गरेको छ । आज विहान भव्य र्यालीसहित एमालेले निर्वाचन अधिकृतको कार्यालय सरावलमा पुगेर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सात वटै वडामा उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
एमालेबाट गाउँपालिका अध्यक्ष पदका लागि सुखाडी चौधरी, उपाध्यक्ष पदका लागि बासमति हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो । चौधरी एमालेको जिल्ला सदस्य तथा सरावल ईन्चार्ज हुनुहुन्छ भने हरिजन पनि जिल्ला सदस्य तथा सरावल सहईन्चार्ज हुनुहुन्छ ।
यसैगरी वडा नं १ को वडा अध्यक्ष पदका लागि विष्णु भट्टराई, वडा नं. २ को वडा अध्यक्ष पदका लागि भेषनारायण चौधरी, वडा नं. ३ को वडा अध्यक्ष पदका लागि लक्ष्मीनारायण चौधरी, वडा नं ४ को वडा अध्यक्ष पदको लागि सुरेश यादव, वडा नं. ५ को वडा अध्यक्ष पदका लागि दिनेश सहानी, वडा नं. ६ को वडा अध्यक्ष पदका लागि कैलाश यादव र वडा नं. ७ को वडा अध्यक्ष पदका लागि मनोहर यादवले उम्मेदवार दर्ता गर्नुभएको पालिका अध्यक्षका उम्मेदवार चौधरीले बताउनुभयो ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चौधरीले मतदाताले गाउँपालिका अध्यक्षमा विजयी गराएमा समृद्ध सरावल बनाउने आफ्नो दृढ अठोट रहेको बताउनुभयो । पालिकामा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष जोड दिएर विकासमा नमूना गाउँपालिका बनाउने उहाँले बताउनुभयो ।
मिनि नेपाल जस्तै चुरे पहाड, मधेस,सबै जातजाति, भाषाभाषीको बसोबास रहेको, भुगोल मिलेको र सम्भावना बोकेको गाउँपालिका भएकोले सबै साथ लिएर विकास गर्ने चौधरीले बताउनुभयो ।
चुरे क्षेत्रसँग जोडिएको सामुदायिक वनको व्यवस्थित व्यवस्थापन, जलासयको संरक्षण तथा रिजार्च गरी सिँचाईको व्यवस्था, विश्व सम्पदा सूचीमा सृचीकृत गर्न सकिने सम्पदाहरुको खोजी र संरक्षण गरी सूचिकृतको लागि पहल गर्ने तथा दक्षिणी क्षेत्रको ठूलो समस्याको रुपमा रहेको डुबान समस्यालाई समाधानको समाधन गर्न आफूले विशेष जोड दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस