२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ बैशाख ८, बिहिबार प्रकाशित ( साल अघि) ४९८ पाठक संख्या

परासी, ८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।सोही अवसरमा गाउँपालिका अन्तरगतका विभिन्न राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनाको लागि प्रतिबद्धता गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आज पश्चिम नवलपरासीका सातै पालिकामा निर्वाचन अधिकृत को कार्यालय र परासीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुव कुमार शाहले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस