२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

गाउँपालिका प्रमुखमा छोरा र उपप्रमुखमा आमा

२०७९ बैशाख ५, सोमबार प्रकाशित ( साल अघि) १७९५ पाठक संख्या

सरावल,५ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा चुनावी सरगर्मी बढेको छ । पालिकाको प्रमुख देखि वडा सदस्य सम्मको उम्मेदवार हुन आकांक्षीहरु दौडधुपमा व्यस्त छन् । आआफ्नो दलबाट चुनावी टिकट हत्याउन आकांक्षीहरु लागिपरेका छन् ।
यसैबीच पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भने उम्मेदवार सिफारिसको क्रममा संयोग नै जुरेको छ । नेकपा एमालेले पालिका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्ने क्रममा आमा छोरा नै सिफारिस हुनुभएको छ ।
गाउँपालिकाको अध्यक्ष पदको लागि छोरा सुशान्त शर्मा घिमिरे र उपाध्यक्षमा आमा सीता शर्मा सिफारिस हुनुभएको हो । सुशान्त एमाले जिल्ला सदस्य तथा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ भने सीता पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।
एमाले सरावल गाउँ कमिटीले पालिका अध्यक्ष पदका लागि सुसान्त शर्मा घिमिरे, सुखाडि चाैधरी, पन्चराम चाैधरी, जगदिश चाैधरी, देवराज चाैधरी
ऋषिकेश मिश्रा र उपाध्यक्षका लागि सीता शर्मा,
वासमति हरिजन, डाेलकुमारी चा‌ैधरी र कविता कलवारलाई सिफारिस गरेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%९%६%२%२%४%

प्रतिक्रिया दिनुहोस