२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रदेश सदस्य न्यौपाने सहित सुनवलका माओवादी केन्द्रका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

२०७९ बैशाख ३, शनिबार प्रकाशित ( साल अघि) ६६१ पाठक संख्या

सुनवल, ३ वैशाख । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । पश्चिम नवलपरासीको सुनवल १३ बडेरा निवासी माओवादी केन्द्रका प्रभावशाली युवा नेता न्यौपानेले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको हो ।
एमालेमा प्रवेश गर्नुभएका न्यौपाने एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यमा मनोनित हुनुभएको एमाले सुनवल नगर अध्यक्ष दुर्गानारायण सुवेदीले जानकारी दिनुभयो । न्यौपनेको नेतृत्वमा साविक रामनगर क्षेत्रबाट माओवादी केन्द्रका धेरै नेताहरु एमालेमा प्रवेश गरेको सुवेदीले बताउनुभयो ।
यसैगरी माओवादी केन्द्रका सुनवल नगर सचिव हरि चापागाई,नगर सदस्य भीमबहादुर हमाल, नगर कमिटीका प्रवक्ता भोला पराजुली,सुनवल २ नम्बर वडा कमिटीका अध्यक्ष रामसागर चौधरी, वडा कमिटी सचिव पिताम्बर बस्याल,वडा कमिटी सचिवावलय सदस्यहरु दिनेश गुप्ता,कन्हैया गुप्ता पनि एमाले प्रवेश गर्नुभएको सुवेदीले जानकारी दिनुभयो । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य विमला अर्यालसहित प्रदेश तथा जिल्लाका पदाधिकारीहरुले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस