२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलको मेयर र उपमेयरमा एमालेबाट को–को भए सिफारिस?

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) १५९९ पाठक संख्या

परासी, ३० चैत । नेकपा एमालेले सुनवलको मेयरका लागि छ जनाको नाम सिफारिस गरेको छ । एमाले सुनवल नगर कमिटीको बैठकले एक जना केन्द्रीय सदस्यसहित ६ जनाको नाम सिफारिस गरेको एमाले सुनवल नगर अध्यक्ष दुर्गानारायण सुवेदीले बताउनुभयो ।
नगर प्रमुखको उम्मेदवारका लागि वर्तमान कार्यबाहक मेयर दधिराम अर्याल देखि केन्द्रीय सदस्य विमला अर्यालसम्म सिफारिस हुनुभएको छ । नगर अध्यक्ष सुवेदीका अनुसार नगर प्रमुखको उम्मेदवारको रुपमा बिमला अर्याल, थानप्रसाद गैरे, दधिराम अर्याल, केशव भण्डारी,रामचन्द्र भण्डारी, उमानाथ पोखरेल सिफारिस हुनुभएको हो ।
एमालेको केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चार्ज बिमला अर्याल यसअघि २०७४ को निर्वाचनमा पनि मेयरको उम्मेदवार हुनुहुन्थ्यो । उपमेयरसहित अधिकांश वडामा एमालेले विजयी हासिल गर्दा मेयरका उम्मेदवार अर्याल पार्टी भित्रकै अन्तरघातका कारण पराजित हुन पुग्नुभएको थियो । गैरे एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने तत्कालिन सुनवल गाविसको अध्यक्ष हुनुहुन्छ ।
एमालेको जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का ईन्चार्ज समेत रहनुभएका दधिराम अर्याल वर्तमान कार्यबाहक मेयर हुनुहुन्छ । २०७४ को निर्वाचनमा भारी मतका साथ उहाँ उपमेयरमा निर्वाचित हुनुभएको थियो । केशव भण्डारी एमाले जिल्ला सचिवालय सदस्य एवं नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष हुनुहुन्छ । रामचन्द्र भण्डारी एमाले जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं २(१)को ईन्चार्ज हुनुहुन्छ । पोखरेल पूर्व जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ ।
यसैगरी उपमेयरमा भने सात जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा सरस्वती सुवेदी, ुसुर्य दुवृे, कासिद अलि, अग्नीधर न्यौपाने, लेखनाथ खरेल, जुना कण्डेल,तारा आचार्य रहनुभएको छ । सुवेदी एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने दुवे जिल्ला सचिवालय सदस्य एवं सुनवल नगर ईन्चार्ज हुनुहुन्छ । अलि, न्यौपाने, कण्डेल जिल्ला सदस्य हुनुहुन्छ भने खरेल महाधिवेशन प्रतिनिधि र आचार्य नवलपरासी उद्योग वाणिज्य संघको सचिव हुनुहुन्छ ।
स्थानीय चुनावमा सुनवललाई चासोको रुपमा हेरिएको छ । एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री बैजनाथ चौधरीको निर्वाचन क्षेत्र एवं एमालेको गढको रुपमा चिनिने यस नगरमा गत चुनावमा एमालले उपमेयरसहित दश वटा वडा जितेको थियो । सुनवलमा १३ वटा वडा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%१%

प्रतिक्रिया दिनुहोस