२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामको मेयरमा एमालेबाट यादव सर्वसम्मत सिफारिस

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) १००७ पाठक संख्या

परासी, ३० चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट धनपत यादव सिफारिस हुनुभएको छ । एमाले रामग्राम नगरको भेलाले सर्वसम्मत रुपमा यादवलाई सिफारिस गरेको एमाले नगर अध्यक्ष हरिलाल यादवले बताउनुभयो ।
एकल सिफारिस हुनुभएका युवा नेता यादव एमालेको जिल्ला सचिवालय सदस्य एवं रामग्राम नगर ईन्चार्ज हुनुहुन्छ । उद्योगी समेत रहनुभएका यादव यस क्षेत्रमा लोकप्रिय समाजसेवीको रुपमा पनि स्थापित हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%

प्रतिक्रिया दिनुहोस