२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एकल चुनावी प्रतिस्पर्धाको तयारीमा नेकपा एस,गठबन्धनको मर्म विपरीत तालमेल अघि बढेको निष्कर्स

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

मोहन पौडेल
परासी, ३० चैत । पश्चिम नवलपरासीमा गठबन्धनको मर्म र भावना अनुसार सम्मानजनक तालमेलको संकेत नदेखिएपछि सत्तारुढ घटक नेकपा एकिकृत समाजवादी एकल चुनावी प्रतिस्पर्धामा जाने भएको छ । नेकपा एसको जिल्ला कमिटीको आज सुनवल वनकट्टीमा सम्पन्न बैठकले आगामी स्थानीय तह निर्वाचनमा एकल चुनावी मैदानमा उत्रने निर्णय गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष यज्ञ खनालको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज वृहस्पति अधिकारीको प्रमुख आतिथ्यमा भएको बैठकमा हाल अघि बढीरहेको पाँच दलीय गठबन्धनको चुनावी तालमेल सम्बन्धी वार्ताको समिक्षा गरेको थियो । वार्ता तार्किक निष्कर्समा पुग्न अलमल भएको प्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको नेकपा एसका जिल्ला सचिव कुमार आलेले जानकारी दिनुभयो । गठबन्धनके मर्म र भावना अनुसार चुनावी तालमेलको वार्ता अघि बढ्नुपर्र्ने उक्त पार्टीको माग छ ।
आगामी दिनमा आउने राजनीतिक चुनौतीलाई सामना गर्न एकल चुनावी तयारीमा लाग्न जिल्लाका सबै पालिका तथा वडा तहसम्मका कमिटीलाई निर्देशन गर्ने निर्णय भएको सचिव आलेले बताउनुभयो । बैठकले निर्वाचनलाई मध्यनजर गर्दै प्रचारप्रसार समिति, घोषणापत्र तयारी समिति लगायतका विभिन्न उपसमितिहरु गठन गरेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस