२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम–१२ मा तीन महिने वेसिक कम्प्युटर तालिम शुरु

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

परासी, २५ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१२ मा विद्यार्थीहरुको लागि वेसिक कम्प्युटर तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आयोजना तथा साझा मल्टिप्रपोज विजनेश सेन्टर प्रालिको सहजीकरणमा आजदेखि शुरु भएको उक्त तालिम आगामी तीन महिनासम्म सञ्चालन हुनेछ ।
तालिमको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । वडा अध्यक्ष भगवन्तलाल गुप्ताको अध्यक्षता भएको उक्त कार्यक्रममा अध्यक्ष गुप्ताले विद्यार्थीहरुलाई कम्प्युटर तालिमको माध्यमबाट सीप सिकाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिममा अनुशासित र लगनशील भई सिकाई उपलब्ध हासिल गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
तालिममा उक्त वडाका करिब तीस जना विद्यार्थीहरुको सहभागिता रहेको साझा मल्टिप्रपोज विजनेश सेन्टर प्रालिका सञ्चालक विष्णुराज रावले जानकारी दिनुभयो । उक्त अवसरमा वडा सदस्य रामानन्द यादव, राष्ट्रिय नाई संघका जिल्ला अध्यक्ष विरेन्द्र ठाकुर, रामग्राम नगरपालिकाका एमआईस अपरेटर मुकेश नारायण लोनिया लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस