२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

शान्ति समाज नवलपरासीद्धारा प्रदर्शन

२०७८ चैत्र २४, बिहिबार प्रकाशित ( साल अघि) ४८९ पाठक संख्या

प्रकाश न्यौपाने
बर्दघाट,२४ चैत । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरेको छ ।
कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नदीनाला जोगाउन आवश्यक रहेको बताउनु भयो । अहिले मानव सृजितकारणले गर्दा जलवायुमा प्रतिकुल असर परेको तर्फ इकित गर्दै उहाले मानवकै कारणले जलवायु परिवर्तनका भएको र हिमालय पग्लिन थालेको भन्दै नदिनाला जोगाउनतर्फ सबैको ध्यान जान आवश्यक रहेको औल्याउनु भयो ।
मानवले प्राकृतिक स्रोत र साधनको चरम दुरुपयोग गरिरहेको बताउदै उहाले यसको सरक्षण र सम्बर्द्धनमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । सभापति खनालले प्राविधिक शिक्षा महंगो भएको भन्दै यसलाई सर्वसुलभ बनाउनु पर्नेमा समेत जोड दिनु भयो ।
प्राविधिक शिक्षामा सबैले समान अवसर पाउनु पर्ने उल्लेख गरे । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योजना अनुरूप भोट हाल्न उहाले सबैलाई आग्रह समेत गर्नु भयो । प्रस्ट, नीति र योजना बनाउन सक्ने, प्राकृति दोहन रोक्न सक्ने र गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा उपलब्ध गराउन सहि प्रकारको नेतृत्व छनोट गर्न आग्रह गर्नु भयो ।
समाजका सल्लाहकार प्रेम न्यौपानेले जलवायु परिवर्तन र यसले पारेको प्राभावका बिषयमा सरोकारवाला सम्पुर्णलाई गम्भीर हुन आग्रह गर्नु भयो । मानव अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचीव गणेश न्यौपानेको सञ्चालन र स्वागत मन्तव्य सहसचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस