२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा ग्यास अभाव, परासी र सुनवलमा बजार अनुगमन

२०७८ चैत्र २३, बुधबार प्रकाशित ( साल अघि) १३१३ पाठक संख्या

मोहन पौडेल
परासी, २३ चैत । पश्चिम नवलपरासीमा ग्यास अभाव देखिएको छ । व्यवसायीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि आज जिल्ला बजार अनुगमन समितिले परासी र सुनवलमा बजार अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वको टोलीले विशेषगरी खाद्यन्न र ग्यास पसललाई लक्षित गरी गरिएको अनुगमनको क्रममा ग्यासको अभाव नै देखिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।
व्यवसायीहरुले डिलर र कम्पनीबाटै ग्यास आपूर्ति नभएको बताएका थिए । अनुगमन टोलीले परासीका तीन वटा र सुनवलका सत्र गरी बीस वटा वाणिज्य फर्म पसलको अनुगमन गरेको थियो ।
अनुगमनको टोलीले विभिन्न पसलबाट रु आठ हजार ६५४ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । म्याद गुजेका सहित अधिकांश पसलमा मूल्यसूची नभएको, खुदा व्यवसायमा दर्ता गरी थोक कारोबार गरिरहेको, सूर्तीजन्य वस्तु विना ईजाजत विक्री गरेको लगायतका समस्या देखिएको पाण्डेले बताउनुभयो ।
मूल्यसूची अनिवार्य राख्न, थोक व्यवसाय गर्नेले अनिवार्य पूजी वृद्धि गर्न, सूर्तीजन्य वस्तुको ईजाजत लिएर मात्र विक्री वितरण गर्न निर्देशन गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीमा घरेलु कार्यालयका प्रमुख पाण्डे, करदाता सेवा कार्यालयका कृष्ण पन्थी, सुनवल नगरपालिकाका खेमराज ढकाल,उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष धु्रव ज्ञवाली, पत्रकार राज चौधरी, प्रहरी निरीक्षक स्वरुप शर्मा लगायत रहनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस